- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीमा कृषि विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा वित्तिय संस्थाको बारेमा जनमानसमा जानकारी पुर्याउने उद्धेश्यले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिएको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख योगेन्द्र सिंहले बताएका छन् ।
‘वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केही सामाग्रीहरुपनि वितरण गरिनेछ’, उनले भने, ‘प्रदेशभर रहेका बैंकका २५ कार्यालयहरुलाई साक्षरता कार्यक्रम गर्नुस भनि निर्देशन समेत दिएका छौँ ।’ प्रत्येक वर्षको संस्थाले आर्जन गरेको मुनाफाको १ प्रतिशत वित्तिय साक्षरता तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्ने भनि नेपाल राष्ट्र बैंकको नीति अनुसार कार्यक्रम आयोजना गरेको सिंहको भनाई छ । ‘वित्तिय साक्षरता कार्यक्रमको विशेषत सुदूरका पहाडी तथा ग्रामिण भेगमा आवश्यकता पर्दछ । ती क्षेत्रहरुमा पनि हाम्रा विभिन्न शाखाहरुले साक्षरता कार्यक्रम संचालन गर्छन् । धनगढीको हकमा भने फुलवारीमा वित्तिय साक्षरता कार्यक्रमको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम संचालन गरेका हौं’- सिंहले भने ।
यता वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले समाजिक व्यवस्थापनका लागि वित्तिय व्यवस्थापनको आवश्यकता रहेको बताएका छन् । वित्तिय साक्षरता तथा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नेगरी फुलवारी सामुदायिक सिकाई केन्द्रलाई सामाग्री वितरण गरेको रिजालले बताए । कार्यक्रमले व्यक्तिगत रुपमा नागरिकमा वित्तिय पहुँच गर्नुका साथै संस्थागत सुधारमा पनि भुमिका खेल्ने रिजालको भनाई रहेको छ ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले पनि कार्यक्रम प्रभावकारी रहेको तर्क गरेका छन् । यो कार्यक्रमले तत्कालका लागि मात्रै नभएर निकट भविष्यमा पनि वित्तिय क्षेत्रको सुधार र नागरिकको चेतनामा ठूलो सहयोग गर्ने स्थानिय मान कुमारी बस्नेतले बताएकी छिन् । अझैपनि ग्रामिण क्षेत्रका अधिकांश महिलावर्ग वित्तिय सिकाईबाट टाढा रहेको बताउँदै उनले नव पुस्ता तथा महिलावर्गका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी रहको बस्नेतको भनाई रहेको छ । त्यस्ते उनिहरुले यस्ता खालका कार्यक्रम समय समयमा हुनुपर्ने माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्