×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदर्श लघुवित्तको २ लाख ७ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेन्ज ?

PRIME CA
GLOBAL IME BANK

आदर्श लघुवित्तको २ लाख ७ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेन्ज ?

२ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्थाको साधारण सेयर सूचीकृत भएको छ । कम्पनीको २ लाख ७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ६७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ लाख ४० हजार कित्ता गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयरलाई न्युनतम १२२ रुपैयाँ ८८ पैसा देखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ रेन्जको आधारमा मंगलबार देखि कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको सेयर कारोबार हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: