×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका तिमल्सिनालाई १४ दिन थुनामा राखेर अनुसन्धान गरिने

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका सहकारीकर्मी माधवप्रसाद तिमल्सिनालाई म्याथ थप गरेर अनुसन्धान गरिने भएको छ । नक्कली प्रमाणपत्र कीर्ते काण्डमा पक्राउ परेका तिमल्सिनालाई थप १४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । तिमल्सिनालाई पहिलो पटक सीआईबीले ५ दिन म्याथ थप गरेर अनुसन्धान गरेको थियो ।

आइतबार जिल्ला अदालत काठमाडौंबाट थप १४ दिन म्याथ थप गरेको सीआईबीले जनाएको छ । शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको अभियोगमा तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले असार १४ गते ललितपुरको थसीखेलबाट पक्राउ गरेको थियो । तिमल्सिनालाई सीआईबीले राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तिमल्सिनालाई रजिष्ट्रेसन नं. १४९१५८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेका तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिवि दर्ता नं. १४९१५९८९, पाटन मल्पिटपल क्याम्पसको ब्यचलर डिग्री इन ह्युम्यनिटिज एण्ड सोसियल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरेको आरोप छ । सो प्रमाणपत्र गत चैत ६ गते निवेदनका साथ बोर्डमा पेश गरेका थिए । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको उजुरी सीआईबी परेलगत्तै तिमल्सिनाले बोर्ड सदस्यबाट राजिनामा दिएका थिए । तिमल्सिना ललितपुर स्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: