काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ करोड ३६ लाख ३३ हजार रुपैँँया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले गत आर्थिक वर्ष २०७८-७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ४९ लाख ३९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ७ करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्यो । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी पनि ३७.३१ प्रतिशतले बढेर २३ करोड ९६ लाख ८० हजार रूपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १८.०६ प्रतिशतले बढेर १० करोड ८४ लाख ६० हजार रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने संस्थाले ९ करोड १८ लाख ६७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । त्यस्तै, संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ८ लाख ७३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ( ईपीएस) २५ रूपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्