×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गौतमश्री सहकारीका सञ्चालक बचतकर्ताको रकम लिएर फरार

काठमाडौं । गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएका छन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीका सञ्चालक झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएका हुन् ।

लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर भागेपछि सदस्यहरु दिनहुँ कार्यालय परिसरमा धर्ना दिन बाध्य भएका छन् । फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै आइतबार सहकारीका सञ्चालकविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।

घटनाको प्रकृति र बचतकर्ताहरुको उजुरीका आधारमा उक्त सहकारीमाथि अनुसन्धान र कारबाही अघि बढाइने सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् । संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट हुन् ।

उनिहरु सम्पर्क विहिन भएपछि सहकारी रहेको भवनमा एभरेस्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ । सहकारीको कार्यालय रहेको भवनमा अन्य व्यवसायमा बैंकको कारोबार रहेको र बैंकले लगानी गरेको ठाउँमा रहेको स्टक सामानमा जोखिम देखेपछि बैंकले शिल गरेको हो । सहकारीका सदस्यहरु बचत फिर्ता नपाएको भन्दै सहकारी विभागमा समेत पुगेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: