×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा १० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा १० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

१० श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको खुद नाफामा १०.०५ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको भन्दा १० प्रतिशत बढी खुद नाफा भएको उल्लेख गरिएको छ ।

समिक्षा अवधिसम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा
लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा १०.०५ प्रतिशत कम हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै खुदनाफामा बढोत्तरी भएको लघुवित्तको प्रक्षेपण रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानीमा २५.३१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कुल सञ्चालन आम्दानी २५.८४ प्रतिशतले बढ्दा लघुवित्तको सञ्चालन मुनाफा भने २६.९३ प्रतिशत बढेको छ ।

त्यस्तै गतवर्ष लघुवित्तको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४० पैसा घटेर ४५ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको यस्तो आम्दानी घट्न पुगेको हो । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २८.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तको चुक्ता पूँजी २८ प्रतिशत बढेको छ भने जगेडा कोष ३३.४५ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ३४.८६ प्रतिशत, निक्षेप ३८.४६ प्रतिशत र कर्जामा ३३.७४ प्रतिशतले वृद्धि भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: