×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४६ लाख हिनामिना गर्ने सहकारी संस्थाका कर्मचारी पक्राउ !

विराटनगर । सदस्यको नक्कली हस्ताक्षर गरी रकम निकाल्ने कर्मचारी पक्राउ परेका छन् । सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका कर्मचारी विवेक खवास पक्राउ परेका हुन् ।

सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँ बस्ने २४ वर्षीय विवेक खवासलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । उनीमाथि ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन तयार पारेको छ भने  खवासले ३१ लाख रुपैयाँ  मात्र हिनामिना गरेको स्वीकार गरेका छन् । संस्था संचालक समितिले खवासलाई बर्खास्त गरेर संचालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति  गठन गरेको थियो । समितिको सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल थिए ।

खवासले बचतकर्ताको कागजातमा आफैँ नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको आरोप संचालक समितिले लगाएको छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम हिनामिना  गरेको छानबिनबाट खुलासा भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: