काठमाडौं । कर्जा सूचना केन्द्रले असार २० देखि ३० गतेसम्ममा थप ६ वटा सहकारी संस्थालाई कालो सूचिमा राखेको छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्ने नसकेपछि सहकारीहरुलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो । केही सहकारीले भने राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण तिर्न नसकेका कारण कालोसूचीमा परेका हुन् ।
कालो सूचिमा पर्ने सहकारीहरु क्रमश वेल्हम्स् (WELHAMS) बचत तथा ऋण सहकारी संस्था, साथीभाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अनुरोध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इम्मानुअल (EMMANUAL) बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रमिषा (PRAMISHA) बचत ऋण सहकारी संस्था लिमिटेड र नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेड कालो सूचिमा परेका छन् । संस्थासँगै संस्थाका सञ्चालहरु पनि कालो सूचिमा परेको जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्