×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी बैंकको ऋण नतिरेपछी न्युज डेभलोपमेन्ट सहकारी पनि कालो सूचीमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहकारी बैंकको ऋण नतिरेपछी न्युज डेभलोपमेन्ट सहकारी पनि कालो सूचीमा !

Artha Sarokar

१७ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्जा सूचना केन्द्रले न्यूज डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थालाई कालो सूचिमा राखेको छ । कर्जा तिर्ने नसकेपछि काठमाडौंको अनामनगरमा रहेको उक्त सहकारी संस्थालाई विभागले कालो सूचिमा राखेको हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्दछ ।

कर्जा सूचना केन्द्रले यस संस्थालाई २०७९ असार १६ गतेदेखि कालो सूचिमा राखेको हो । संस्थाले राष्ट्रिय सहकारी बैंकबाट लिएको कर्जा नतिरेपछि कालो सूचिमा परेको हो । राष्ट्रिय सहकारी बैंकको सिफारिसमा संस्था कालोसूचिमा परेको हो । सहकारी संस्था संग सम्बन्धीत व्यक्तीहरु कुलमान तामाङ, माछा बाबु प्रजापति, सूर्य श्रेष्ठ रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी