काठमाडौं । सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका पुर्व अध्यक्ष इच्छा राज तामाङकी श्रीमती सृजना शाक्य (तामाङ) पक्राउ परेकी छिन् । सहकारी संस्थामा आकर्षक ब्याजदर र विभिन्न प्रलोभनमा पारी बचतकर्तालाई ठगेको अभियोगमा मंगलबार शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।
संस्थाका पुर्व अध्यक्ष तामाङ काठमाडौं १३ सोल्टीमोडस्थित सहकारीबाट सांगठनिक रुपमा जम्मा गर्न लगाएको पाँच अर्ब ८४ करोड ४० लाख २१ हजार सात सय १३ रुपैँया ठगि गरेको आरोपमा अहिले कारागारमा छन् । तीन वर्षदेखि बचत गरेको रकमको साँवा ब्याजका लागि पटक पटक अनुरोध गर्दापनि नपाएपछि १५ सय ३० जनाले सांगठनिक रुपमा तामाङ विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी परेको थियो ।
जाहेरीका आधारमा प्रहरीले २०७८ मंसिर १७ गते तामाङसहित १२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरी कारागार चलान गरेको थियो ।
सोही मुद्धामा फरार रहेकी तामाङकी श्रीमति ५७ बर्षिया सृजना शाक्य (तामाङ)लाई पनि मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
ब्युरोका अनुसार संस्थाको लेखा समिती सदस्य समेत रहेकी शाक्लाई काठमाडौंको रामशाहपथबाट पक्राउ गरेको हो । शाक्यलाई थप कारबाहीका लागि अदालतमा पेश गरिएको समेत ब्युरोले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्