सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
यो विधेयक पारित भएसँगै प्रदेश सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन तथा व्यवस्थापन, लेखा परीक्षण, निकासा तथा खर्चलगायतका कामलाई व्यवस्थित गर्न बाटो खुलेको छ । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य बलबहादुर सोडारी, पठानसिंह बोहरा र मालामती रानाथारूले भाग लिएका थिए ।
सोमबारको बैठकमा सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि भएको सामान्य छलफलमा प्रदेशसभा सदस्य सुशीला बुढाथोकी, महेशदत्त जोशी, श्यामलाल रानाथारू र मालामती रानाथारूले भाग लिएका थिए । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीले उक्त विधेयकमाथि समान्य छलफल गरियोस् भनी पेस गरेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्