×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपभोक्ता समितिको अध्यक्ष महिलामात्रै, पूर्णरूपमा कार्यान्वयन गर्न नगरपालिकाको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उपभोक्ता समितिको अध्यक्ष महिलामात्रै, पूर्णरूपमा कार्यान्वयन गर्न नगरपालिकाको आग्रह

Artha Sarokar

२९ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो ।

नगरकार्यपालिकाको पहिलो बैठकले नगरभित्र सञ्चालन हुने योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलामात्रै राख्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख कमलसिंह बोहराले जानकारी दिए । नगरपालिकाले वडालाई पत्र लेख्दै अगामी भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ भने उपभोक्ता समितिमा महिला अध्यक्ष राख्ने निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । उनले भने, ‘महिलामात्रै अध्यक्ष हुने नीति ल्याएका छौँ, कार्यान्वयन गर्न सबैलाई आग्रह छ । यसले महिलालाई विकास निर्माणका काममा सहभागी र उनीहरूको क्षमता अभिवृद्धिका लागि सहयोग पुग्छ ।’

चालु आवमा उपभोक्ता समितिबाट काम गराउनुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै राख्नुपर्ने निर्णय गत जेठ १६ गते बसेको प्रथम कार्यपालिका बैठकले गरेको थियो । सो बैठकको निर्णय नं १० मा उपभोक्ता समितिमा महिलामात्रै अध्यक्ष हुनुपर्ने उल्लेख गरिएको छ । सबै वडा कार्यालयलाई भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न र त्यस्तो समिति गठन गर्दा महिलामात्रै अध्यक्ष बनाउन आग्रह गरिएको छ । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी