×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कल्भर्ट भत्किंदा जोखिम उच्च, तत्कालै समाधानका लागि पहल गर्ने उपप्रमुख रानाको प्रतिबद्धता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कल्भर्ट भत्किंदा जोखिम उच्च, तत्कालै समाधानका लागि पहल गर्ने उपप्रमुख रानाको प्रतिबद्धता

Artha Sarokar

१९ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा वर्षाका कारण थुप्रै पुल तथा कल्भर्टहरु भत्किएका छन् भने केही जिर्ण अवस्थामा छन् । अझ ग्रामिण क्षेत्रमा सम्बन्धित निकायको ध्यान कमै जानेहुँदा यस्ता समस्या वर्षेनी आईपर्ने स्थानीय बताउँछन् । यसैबीच केहीदिन अघि परेको वर्षाका कारण धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बि गाउँमा कल्भर्ट भत्कायो । दैनिक नागरिकको आवतजावत भईरहने सडकमै कल्भर्ट भत्किएपछि जोखिम झनै बढेको स्थानीयले बताएका छन् ।

यसो त वडाभित्र हुने हरेक गतिविधिको निगरानी प्रत्यक्ष वडा कार्यालय र वडा प्रतिनिधिले गर्नुपर्छ तर सो समस्याका बारेमा वडा कार्यालयको चासो नगएको स्थानीयले बताएका छन् । ‘हुनत यो वडाको वडा अध्यक्ष यही गाउँको हुनुहुनछ तर खोई किन उहाँको खासै चासो देखिएन । यही बाटो भएर विद्यार्थी हिंड्छन्, दैनिक सयौँ नागरिक आवतजावत गर्छन् । कसैलाई केही भए जिम्मेवार को हुने ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक स्थानीयले भने, – ‘जानकारी नभएको हो भनौँ भने आफै हिंड्ने बाटोको बारेमा कसले जानकारी दिने ? वडाको अवस्थाका बारेमा बुझ्नका लागि जनप्रतिनीधिले सक्रियता अलि बढाउनुपर्छ ।’

सो कल्भर्टका विषयमा चासो नदिएको र जोखिम बढेको भन्दै सामाजिक सञ्जाल तथा समाचार माध्यममा सामाचार प्रकाशित भएपछि नगरपालिकाको भने ध्यान गएको छ । बुधबार सो कल्भर्टको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अनुगमन गरेकी छिन् । अनुगमन गर्दै उपप्रमुख रानाले सो कल्भर्टलाई तत्काल निर्माण गरी जोखिम कम गर्ने प्रतिबद्धता गरेकी छिन् । ‘यो कल्भर्टले निम्त्याउन सक्ने जोखिम डरलाग्दो छ । अझ दैनिक नागरिकको आवतजावत भईरहने सडक हुनाले पनि जोखिम दोब्बर बढेको छ’, अर्थ सरोकारसँग कुराकानी गर्दै उपप्रमुख रानाले भनिन् –‘तत्कालै यो कल्भर्ट निर्माणका लागि पहल गर्छौं । ४ वटा कल्भर्ट ल्याएर तत्कालका लागि जोखिम न्युनिकरण गर्छौं । भविष्यमा स्तरीय कल्भर्ट निर्माण गर्छौं ।’

बुधबार उपप्रमुख राना, वडा नम्बर १४ का अध्यक्ष मान बहादुर विष्ट र सदस्य लगाएतको टिमले अनुगमन गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी