×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्याम्पस प्रमुख नेगी बलात्कारको आरोपमा कारागार चलान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्याम्पस प्रमुख नेगी बलात्कारको आरोपमा कारागार चलान

Artha Sarokar

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

बैतडी । बैतडीका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई बलात्कारको आरोपमा कारागार चलान भएको छ । नेगीले ज्यालामजदुरी गर्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।

गत असार २० गते पानी माग्ने निहुँमा क्याम्पस प्रमुख नेगीले महिलामाथि बलात्कार गरेको आरोप लागेको हो । उक्त महिला कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्यालामजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेकी थिइन् । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका निमित्त कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।

सो बलात्कृत महिलाले आफूमाथि प्रमुख नेगीले जबर्जस्ती करणी गरेको भन्दै दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो । आरोप लागेपछि गत साउन पहिलो साता नेगी आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी