Skip to content
LAXMI SUNRISE BANK

चाडपर्व नजिकिएसँगै कैलालीमा खुल्ला सिमानाकाको प्रयोग बढ्यो, अवैध रुपमा ल्याइदै गरेका अण्डा बरामद गरी नष्ट

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा प्रहरीले भारतबाट अवैध रुपमा ल्याइदै गरेको भारतीय अण्डा नष्ट गरेको छ । भारतबाट अवैध सामानको आयात बढ्न थालेपछि कैलाली प्रहरीले आफ्नो निगरानी बढाएको छ । सोही अनुरुप बिहीबार सशस्त्र प्रहरी बल खुनपुरले भारतबाट ल्याइदै गरेका अवैध कुखुरका अण्डा बरामद गरि नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल खुनपुरबाट खटिएको टोलीले ठुलो मात्रामा अवैध अण्डा बरामद गरेको सशस्त्र प्रहरी निरक्षक सुवास खत्रीले बताएका छन् । ‘चाडपर्व नजिकिएसँगै भारतबाट अयातित हुने अवैध सामानको मात्रा बढेको छ । लुकिछिपी अवैध ओसारपसार बढेपछि हाम्रो गतिविधिमा बढावा दिएका छौँ’, उनले भने, ‘पहिलो पटक भेटेको अवस्थमा सम्झाई–बुझाई गरेर छोड्ने गरेका छौँ, तर सोही क्रम दोहोरिएमा कार्वाही गर्ने गरेका छौँ । यसैबीच भारतबाट अवैध रुपमा नेपाल भित्र्याईंदै गरेको ठुलो परिमाणका अण्डा बरामद गरी नष्ट गरेका हौँ ।’

सशस्त्र प्रहरी बल खुनपुरले बरामद गरेको अवैध अण्डा सशस्त्र प्रहरी निरिक्षक सुवास खत्री, इलाका प्रहरी कार्यालय हसुलियका इन्चार्ज रामसिंह बोहोरा र गाउँपालिका अध्यक्षका स्वकीय सचिवको रहोबरमा नष्ट गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK