- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
सुदूरपश्चिम । धनगढीको देवहरिया वनक्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा छाडा पशुचौपाया राखिएको छ । सो गौशालामा लगभग चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरुहरु रहेका छन् । सो गौशाला धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त रुपमा बनाएका थिए । ती चौपायाहरु भूइँमा धुलोमाटो र गोबरमलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा पुगेका जनाएको छ ।
गौशालामा पर्याप्त घाँसपात र दानापानी जुटाउन नसक्दा धेरै पशुचौपायाहरु भोकमरीका कारण मर्ने गरेको हेरचाह गर्ने पृथ्वी रानाले जानकारी दिएका छन् । उनले भने, ‘पोसिलो खाना नपाउँदा ब्याउने भएको दुई तीन महिनाभित्रमै केही गाई मर्ने गरेका छन्, भर्खर जन्मिएका बाच्छासमेत मरिरहेका छन् ।’ सो उपमहानगरपालिकाले वर्षमा एकपटक गहुँको भुसा र पराल किनेर गौशालामा उपलब्ध गराउने गरे पनि यसले खोरमा रहेका सबै पशुलाई पर्याप्त नभएको बताएका छन् । देवहरिया वनस्पति उद्यानले ओगटेको जङ्गलमा रहेको गौशालाका पशुचौपायाका लागि चरनका रुपमा जङ्गल प्रयोग गर्दा उद्यानका रुख बुट्यान मासिन थालेका छन् ।
गौशाला बनाएर छाडा पशुचौपायाको व्यवस्थापन गर्नका लागि छ महिनाका लागि उपमहानगरपालिका र वनस्पति कार्यालयबीच समझदारी भएको थियो । सम्झौता सकिएको लामो समय भइसकेको भए पनि उपमहानगरपालिकाले कुनै चासो नदिएको वनस्पति अनुसन्धान केन्द्र धनगढीका प्रमुख गङ्गादत्त भट्टले बताए । ‘छाडा पशुचौपायाको व्यवस्थापनका लागि छ महिनाका लागि उद्यानको वनक्षेत्र प्रयोग गर्न दिइएको थियो’, उनले भने, ‘त्यसपछिको समयमा उपमहानगरपालिकाले कुनै राखेको छैन ।’ सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि पछिल्ला वर्षमा बढ्दै गएको छ ।
गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु बाच्छाबाच्छी छाडा छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । यसरी छोडिने चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानमा हैरानी भएको छ । कैलाली र कञ्चनपुर जिल्लामा छाडापशु चौपायाको समस्या बढी रहेको छ ।
छाडा चौपायाबाट आआफ्नो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । ‘पशुचौपाया छाडा छोडिँदा बाली जोगाउन मुश्किल भइसक्यो’, स्थानीय किसान जनक भट्टले भने, ‘लक्ष्मीका रुपमा पूजा गरिने गाईलाई हामी हिन्दूहरुमा छाडा छोडिएका गाईको अवस्था देख्दा पीडाबोध हुनुपर्ने हो ।’ गाईको मलमूत्र धार्मिक संस्कारसम्बन्धी कार्यमा प्रयोग हुने मात्र नभई मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भएको गाईलाई छाडा छोडेर लापर्वाही गर्न नहुने उनी बताउँछन् ।
कतिपय स्थानीय पालिका र सङ्घसंस्थाको पहलमा गौशालाको निर्माणसहित यस्ता पशुचौपायाको व्यवस्थापन गर्ने गरिएको पनि यो समस्या सोचेअनुसार न्यूनीकरण हुन सकेको छैन । स्थानीय सीताराम राना जति प्रयास गरे पनि यो समस्या समाधान गर्न मुश्किल भइरहेको बताउँछन् । नगरक्षेत्र बाहिरबाट चौपाया ल्याएर बजारमा छोडिदिने प्रवृत्ति नरोकिँदा छाडापशु चौपायाको समस्या समाधान हुन नसकिरहेको उनले बताएका छन् । धनगढी उपमहानगरपालिकाको पहलमा छाडा पशुचौपायालाई बझाङ जिल्लाका गरिब तथा विपन्न परिवारलाई निःशुल्करुपमा उपलब्ध गराएर व्यवस्थापन गरिने प्रयास भए पनि त्यो काम सफल हुन सकेको थिएन ।
सामुदायिक छाडा पशु व्यवस्थापन गर्ने नाममा काँडेतारबारको घेराभित्र पशु चौपाया राखेर व्यवस्थापन गर्दा धेरै पशु खाना नपाई मर्ने गरेको पशुकल्याणमा लागेकाले बताउँदै आएका छन् । सडकमा जताततै देखिने छाडा चौपायाका कारण ट्राफिक व्यवस्थापनलाई दुरुस्त राख्नमा समेत चुनौती बढ्दै गएको देखिएको छ । कैलाली र कञ्चनपुर जिल्लाको मुख्य र सहायक सडक वरपर बढी देखिने छाडा चौपायाकै कारण सडक दुर्घटना पनि बढ्न थालेको ट्राफिक प्रहरीको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्