Skip to content
LAXMI SUNRISE BANK

‘देशको आमूल परिर्वतन माओवादीले गरेको हो’ : मुख्यमन्त्री भट्ट

अर्थ सरोकार

डोटी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा सोमबार आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए ।

मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय सरकारलाई कानुन बनाउनेदेखि न्यायिक अधिकार दिएको दाबी गरे । उनले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको र बाँकी रहेका अधुरा विकासका काम पनि पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले माओवादीका नेता कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्नेसमेत बताए । उनले भने, “माओवादीका नेताहरु सहरमा होइन अब गाउँमा जनता माँझ जानुपर्छ, आफ्ना योजना, कामका बारेमा जनताका माझमा लैजानुस्, गाउँ जान डराउनुपर्ने कुनै कारण छैन ।” –रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK