- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र धनगढी उप-महानगरपालिकाको संयुक्त आयोजनामा सडक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार धनगढीको मोहना-अत्तरिया ६ लेन सडक खण्ड प्रयोग गर्ने सम्बन्धमा एक दिने ‘सडक सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
‘पछिल्लो समय धनगढीमा सडक दुर्घटनाको संख्या बढेको छ । अझ ६ लेन सडक खण्डको निर्माण भएसंगै दुर्घटनामा बृद्दी भएको तथ्यांकले पनि देखाउछ । चौडा, फराकिलो र खुला बाटो देखेपछि नियम नै मिचेर सवारी हुइक्याउनेहरु पनि बढेका छन् ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले भने -‘६ लेन सडक प्रयोगको वास्तविक नियम धेरैलाई थाहा छैन । मनलागि कुदाउने, घुमाउने, मनलागि बाटो काट्ने, जथाभावी पार्किङ गर्नाले पनि दुर्घटनालाई प्रसय दिएको छ । त्यसैले पनि ६ लेन सडकको प्रयोगको खास अर्थ र नियम सिकाउनका लागि सडक सचेतना कार्यक्रमको आयोजना गरेका हौँ ।’
सचेतना कार्यक्रमको आयोजना गर्दै सवारी चालकहरुलाई लेनको पहिचान गरी सवारी चलाउने, तीव्र गतिमा सवारी नचलाउने, सवारी साधन चलाउँदा दुरीको कायम गर्ने लगायतका नियमबारे जानकारी दिईएको थियो । ट्राफिक प्रहरीको मुख्य उदेश्य नै सवारी दुर्घटना न्युनिकरण गर्नु रहेको बताउदै ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सिंहले ट्राफिक प्रहरीको नारा नै ‘दुर्घटनाबाट बचौँ र बचाऔँ’ साथै ‘ट्राफिक नियम जानौं पनि मानौं पनि’ भन्ने रहेको बताएका छन् । त्यस्तै प्रहरी निरीक्षक सिंहले ६ लेन सडकमा पुर्णरुपमा ट्राफिक नियमको पालना गर्न र गराउन समेत अनुरोध गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्