- भुमिदत्त तिवारी
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयले मनपरि गर्दै कर्मचारी भर्ति गरेको भन्दै आक्रोशित बनेका स्थानीयले तालाबन्दी गरेका हुन् । विगत पाँच वर्षदेखि कार्यालयमा कार्यरत कर्मचारीलाई निकालेर अर्कै कर्मचारीलाई राखेको स्थानीयले आरोप लगाएका छन् ।
के भन्छन् स्थानीय ?
बिहीबार तालाबन्दी गर्न वडा कार्यालयमा पुगेका स्थानीयले वडा कार्यलयले मनपरी गरेको आरोप लगाएका छन् । ‘वडा कार्यालयमा कार्यालय सहयोगी राम प्रसाद चौधरी विगत पाँच वर्षदेखी यहाँ कार्यरत छन् । तर उहाँलाई एक्कासी जागिरबाट निकालेर अर्कैलाई राखेको खबर पाएपछि आन्दोलन गर्न आएका हौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै कमला चौधरीले भनिन् –‘उहाँलाई किन निकालेको हो ? भन्ने बारेमा हामी पनि अज्ञात छौँ । नगरपालिकाको निर्णय हो भने सबै वडामा लागु हुनुपर्छ, यो वडामा मात्रै लागु गर्ने हो भने हाम्रो आन्दोलन जारी रहन्छ ।’

‘बिना कारण कर्मचारी निकाल्नु अपराध हो । यसैपनि अहिले वडा कार्यालयमा कामको चाप बढी छ । अझ कर्मचारी थप्नुको सट्टमा कर्मचारी निकाल्ने प्रवृतिको विरोध गर्दै ताला लगाएका हौँ ।’ अर्का स्थानीय श्यामलाल चोधरीले अर्थ सरोकारसँग भने –‘स्थानीय तहमा रोजगारीको अवसर सृजना गर्नुको सट्ट उल्टै भएका कर्मचारी फाल्ने प्रवृति ठिक होइन, र हाम्रो विरोध पनि यसैका लागि हो । अहिले पहिलो चरणमा ताला लगाएर आन्दोलनको सुरुवात मात्रै गरेका छाँै । यो विषयमा नगरपालिका नसुध्रिए हाम्रो आन्दोलन अझै सशक्त हुन्छ ।’
‘कार्यालय सहयोगीमा मलाई निरन्तरता दिनुपर्छ’ – राम प्रसाद चौधरी
वडा कार्यालयबाट निकालिएका भनिएका रामप्रसाद चौधरीले आफुलाई कार्यालयमा निरन्तरता दिनुपर्ने माग राखेका छन् । ‘म विगत पाँच वर्षदेखि यस कार्यालयमा काम गर्दै आएको छु । मेरो कमजोरी नऔंल्याई मलाई जागिरबाट निकालेर वडा कार्यालयले अन्याय गरेको छ । मैले कार्यालयमा काम गर्न पाउनुपर्छ’, उनले भने, ‘नगरसभाले भदौ १ गतेदेखि ज्यालादारी कर्मचारीलाई हाजिर नलगाउन भनि पत्र आएको थियो । पत्रमा कार्यालय खोल्न र बन्द गर्नका लागि आवश्यकता अनुसार एकजना कर्मचारी राख्न पाउने भनी उल्लेख पनि गरिएको छ । तर, वडा कार्यालयले मलाई कामबाट निकालेर अर्कैलाई राख्यो, यसमा मेरो आपत्ति हो ।’
‘मैले मेरो न्युनतम ज्यालादारी बढाउनका लागि माग पनि गरेको थिंए । वडा कार्यालयले पनि मेरा उक्त मागप्रति सकरात्मक प्रतिक्रिया नै दिएको थियो तर एक्कासी मलाई निकालियो र मेरो ठाउँमा अर्कैलाई भर्ति गराइयो । विगत पाँच वर्षदेखी मैले कार्यालयमा आफ्नो पूर्ण जिम्मेवारी निर्वाह गरेको छु, र पनि मलाई कार्यालय सहयोगिको जिम्मेवारीबाट निकालियो । या त मलाई कार्यालयमा निरन्तरता दिनुपर्छ होइन भने नगरपालिकाका १९ वटै वडामा नगरपालिकाले कर्मचारी परिवर्तन गर्नुपर्छ’ –चौधरीले भने ।
‘नगरसभाको निर्णयलाई लिएर वडामा ताला लगाउनु गलत हो’ – अध्यक्ष रिजाल
यता तालाबन्दीको विषयमा आफ्नो प्रतिक्रिया दिँदै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यष भुवन रिजालले नगरसभाले गरेको निर्णयलाई लिएर वडा कार्यालयमा तालाबन्दी गर्नु गलत भएको बताएका छन् । ‘यो नगरपालिकाले गरेको निर्णय हो । वडा कार्यालयमा हंगामा गर्नुको अर्थ छैन । पूर्ण रुपमा भ्रमात्मक ढंगले केही कथित व्यक्तिहरुको राजनीतिक संलग्नतामा नियोजित रुपमा गरिएको आन्दोलन हो, राजनीतिक दलले छरेको भ्रमको नतिजा हो’, अध्यक्ष रिजालले भने, ‘यो नगरसभाबाट नगरप्रमुखकै नेतृत्वमा गरिएको निर्णय हो । चित्त नबुझे नगरसभामै जानुपथ्र्यो तर उहाँहरु वडा कार्यालय घेर्न आउनुभयो । सांकेतिक रुपमा वडा कार्यालयमा ताला लगाएपनि कर्मचारी व्यवस्थापनको सम्पूर्ण अधिकार नगरपालिकामै हुन्छ । नगरपालिकाले नै कर्मचारी निकाल्ने निर्णय गरेको हो ।’

यस्तो छ नगरपालिको २०७९ असार ३० गते पत्र जारी गरेको करार तथा ज्यालादारी कर्मचारीहरुको व्यवस्थापनका लागि जारी गरेको पत्रः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्