×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढी १८ को कार्यालयमा लागेको ताला खुल्यो, आन्दोलनरत चौधरी भन्छन् –‘गलत बुझाईले भ्रम सृजना भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनगढी १८ को कार्यालयमा लागेको ताला खुल्यो, आन्दोलनरत चौधरी भन्छन् –‘गलत बुझाईले भ्रम सृजना भयो’

Artha Sarokar

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयमा लागेको ताला खुलेको छ । मंगलबार आन्दोलनरत रामप्रसाद चौधरी र वडा अध्यक्ष भुवन रिजालबीच सहमति भई ताला खोलिएको हो । पाँच वर्षदेखि कार्यालयमा कार्यालय सहयोगी (का.स)को भुमिका निर्वाह गरिरहेका रामप्रसाद चौधरीले आफुलाई कामबाट निकालेको भन्दै भदौ २ गते कार्यालयमा तालाबन्दी गरेका थिए । वडा कार्यालय र आन्लदोलनरत पक्षबीच समहमति हुन नसक्दा १ हप्तादेखी ताला खुलेको थिएन, तर मंगलबार दुईपक्षबीच भएको आपसी समझदारीका आधारमा ताला खोलिएको वडा अध्यक्ष भुवन रिजालले बताएका छन् ।

‘नगरसभाको बैठकले गरेको निर्णयका आधारबाटै हामी प्रक्रियामा गएका थियौँ । तर केही राजनीतिक दलका नेताहरुको उक्साहटमा आएर चौधरीले कार्यालयमा तालाबन्दी गरे’, अध्यक्ष रिजालले भने, ‘मैले उनीसँग व्यक्तिगत रुपमा कुरै गर्न पाईन । राजनीतिक दलको ठुलो आवाजले सामान्य समस्यालाई बढावा दियो । अहिले हामीबीच सहमति भएको छ, र सोहीका आधारमा आज ताला पनि खोलिएको छ ।’ सहमतिका आधारमा कर्मचारी व्यवस्थापनको विषयमा नगरपालिकाले अर्को व्यवस्था नगर्दासम्मका लागि कार्यालयमा चौधरीलाई यथावत् राख्ने अध्यक्ष रिजालले बताएका छन् ।

यता आन्दोलनरत चौधरीले माग र हल्लाबीच उत्पन्न भएको गलत बुझाईले भ्रम सृजना गरेको बताएका छन् । आफ्नो माग धेरै ठुलो नभएपनि राजनीतिक दल तथा आन्दोलनमा उत्रिएको भिडले मुद्धालाई ठुलो बनाएको चौधरीले बताए । ‘माग र हल्लाको बीचमा अन्यौलता सृजना भयो । मैले नगरपालिको पत्र अनुसार वैकल्पिक व्यवस्थापन नहुँदासम्म १ महिनाका लागि काममा राख्नुस भनेको थिंए, तर उहाँले १ वर्ष बुझ्नु भएछ’, अर्थ सरोकारसँग कुराकानी गर्दै चौधरीले भने, ‘आज व्यक्तिगत रुपमा उहाँसँग कुरा भयो । हामीबीचको गलत बुझाईलाई चिर्दै सहमति भएर ताला खोलिएको हो ।’

वडा कार्यालय र चौधरीबीच भएको सहमतिका अनुसार कर्मचारी व्यवस्थापनका विषयमा नगरपालिकाले अर्को निर्णय नगर्दासम्म उनी कार्यालयमा कासकै भुमिकामा रहनेछन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी