कञ्चनपुर । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि कञ्चनपुरमा छनोटका खेल हुँदैछन् । जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विधामा फाराम भरेका खेलाडीलाई क्षेत्रीय प्रतियोगितामा सहभागी गराउन आजदेखि छनोट गर्न लागेको होे ।
छनोटका लागि जिल्लामा एक हजार ६७ खेलाडीले फाराम भरेका थिए । तीमध्ये विभिन्न विधाका पाँच सय २१ छनोट हुनेसमितिले जनाएको छ । समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भदौ १५ गतेसम्म छनोटका कार्यक्रम हुने बताए । “यसअघि प्रतियोगितामा भाग लिने खेलाडीलाई फाराम भर्न आह्वान गरेका थियौँ”, उनले भने, “जिल्लामा छनोट भएका खेलाडी प्रदेशमा जान्छन्, त्यहाँ छनोट हुने खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन् ।” उनले भदौ १८ गतेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने बताएका छन् ।
यसअघिका विभिन्न प्रतियोगितामा कञ्चनपुका खेलाडीले बढी पदक ल्याएको बताउँदै उनले यसपटक पनि कञ्चनपुरका खेलाडीले बढी पदक ल्याउने जिकिर गरे । प्रतियोगितामा हुने ३६ मध्ये कञ्चनपुरले ३१ खेलमा खेलाडी प्रतिस्पर्धामा सहभागी गराउन लागेको छ । कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकको आशा गरिएको उनले बताए ।
प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी प्रशिक्षणमा व्यस्त रहेको बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले बताए । “हामी सबै प्रतियोगिताको तयारीमा लागेका छौँ”, उनले भने, “आजदेखि जिल्लास्तरीय छनोट हुँदैछ, खेलाडी उत्साहित छन् ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्