- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिकाले मुख्य सडक छेउका संरचना हटाउन निर्देशन दिएको छ । सोमबार एक आदेश जारी गर्दै नगरपालिको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले निर्देशन दिएको हो ।
सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई निर्देशन जारी गरेको हो । ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरुमा अनुरोध गरिन्छ ।’ – धनगढी उपमहानगरपालिकाले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
संरचना हटाउनका लागि उपमहानगरपालिकाले दिएको समयमा काम सम्पन्न नगरे कानुन बमोजिम कार्वाही गरिने पत्रमा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्