Skip to content
LAXMI SUNRISE BANK

पश्चिममा हमालको कमाल, सडक चौडा गर्न आसपासका संचरना हटाउन निर्देशन, नहटाए कार्वाही हुने…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी  । धनगढी उपमहानगरपालिकाले मुख्य सडक छेउका संरचना हटाउन निर्देशन दिएको छ । सोमबार एक आदेश जारी गर्दै नगरपालिको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले निर्देशन दिएको हो ।

सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई निर्देशन जारी गरेको हो । ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरुमा अनुरोध गरिन्छ ।’ – धनगढी उपमहानगरपालिकाले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

संरचना हटाउनका लागि उपमहानगरपालिकाले दिएको समयमा काम सम्पन्न नगरे कानुन बमोजिम कार्वाही गरिने पत्रमा उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK