×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीमा मतदाताको सङ्ख्या पुग्यो एक लाख ५१ हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैतडीमा मतदाताको सङ्ख्या पुग्यो एक लाख ५१ हजार

Artha Sarokar

२३ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय एक हजार आठ सय २९, जिल्ला निर्वाचन कार्यालय दुई सय ९० र इलाका प्रशासन कार्यालय हाटमा छ सय ८९ नयाँ मतदाता थपिएका हुन् । यसका साथै आठ बाहिरका मतदाताले पनि नाम दर्ता गराएका छन् ।

यो सँगै जिल्लामा मतदाताको सङ्ख्या एक लाख ५१ हजार चार सय १४ पुगेकोछ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार छ सय छ मतदाता रहेका थिए । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नागरिकता प्राप्त गरेसँगै १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए ।

सरकारले मङ्सिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी