×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडी कारागारभित्र फैलियो कोरोना, भेटघाट गर्ने कार्यमा रोक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैतडी कारागारभित्र फैलियो कोरोना, भेटघाट गर्ने कार्यमा रोक

Artha Sarokar

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा सङ्क्रमण देखिएको हो ।

कारागार प्रमुख भण्डारीले भने, “कोरोनाजस्तै लक्षण देखिएका चार कैदीबन्दीको बुधबार पिसिआर परीक्षण गरेका थियौँ । उनीहरूमा सङ्क्रमण पुष्टि भएपछि अन्य ८९ जनामा पनि एन्टिजेन परीक्षण गर्दा बिहीबार थप १२ जनामा सङ्क्रमण देखापरेको छ ।” सङ्क्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न समस्या समस्या भएको छ । क्षमताभन्दा चारगुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेशनमा राख्न नसकिएको उल्लेख गर्दै उनले भने, “२५ कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना थिए, उनीहरूकै व्यवस्थापन गर्न निकै समस्या रहेका बेला कोरोना फैलिएपछि झनै समस्या भएको छ ।”

कारागारभित्र कोरोना सङ्क्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्ने कार्यमा रोक लगाइएको छ । सङ्क्रमणको थप जोखिमलाई मध्यनजर गर्दै भेटघाट कार्य बन्द गरिएको हो । क्षमताभन्दा झण्डै चारगुणा कैदी हुँदा ठाउँ अभावले बसाइँ व्यवस्थापनमा निकै असहज भएको कारागार कार्यालयले जनाएको छ । वि.सं २०४० मा निर्माण भएको कारागार मर्मत र पुनःनिर्माण नहुँदा जीर्ण बनेको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी