कैलाली । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
नदीमा पानीको सतह खतरा भन्दा धेरैमाथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह तीन दशमलव छ मिटर पुगेपछि खतरा मानिँदै आएकोमा आज बिहानसम्म बढेर तीन दशमलव १५ मिटर पुगेको जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि अविरल वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटियालगायत साना खोलामा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुनसक्ने भएकाले सतर्क रहन विभागले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्