×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता, त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता, त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य

Artha Sarokar

२७ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

गोदावरी । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका कैलारी गाउपालिका -७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । विपतपुर बस्तीमा गत वैशाख ११ गते भिषण आगलागी हुँदा सो बस्तीका २७ घर जलेपछि घाम र पानीको प्रबाह नगरी उनीहरु दिनरात दिन विताउन बाध्य भएका हुन । सो बस्तीमा रहेका ७१ घरपरिवारमध्ये २७ घर पूर्णरुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति भएको थियो ।

पीडित देवी चौधरीले नेपाल रेडक्रस सोसाइटीले दिएको त्रिपालमुनि दिनरात कटाउँदै आएको आफ्नो दुखेसो व्यक्त गरे । उनले भने, ‘वर्षायामको समय छ हावापानीले कैयौँ दिन ओत लाग्न बनाएको त्रिपाल उडाएको मात्र छैन, सर्प र किराको डर पनि त्यत्तिकै छ । ‘ आगलागीले आफूहरुलाई घरबारबिहीन बनाएपछि दैनिकी जीवन बिताउन त्यत्तिकै समस्या भइरहेको  पीडितहरुको गुनासो छ । साथसाथै वर्षायाममा गाउँ-ठाउँमा ज्यालामजदुरी नपाउँदा परिवार पाल्न निकै धौउधौउ परेकाले कामका लागि धेरै समय खर्च गरी रहनुपरेको उनीहरुको भनाइ छ ।

सरकारले २०६४ सालमा ७१ मुक्तकमैया परिवारलाई पाँच कठ्ठाका दरले जग्गा वितरण गरेर विपतपुरमा बसोबास गराएको थियो । कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दीपेन्द्र बमले आगलागीपीडित परिवारलाई घरनिर्माण गर्न काठको व्यवस्था गर्न समस्या भइरहेको बताएका छन् । आगलागी पीडितलाई प्रदेश सरकारले रु. ५० हजार राहत वितरण गर्नुका साथै वर्षायामअघि नै घर निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म आश्वासन पूरा हुन सकेको छैन । विपतपुरका मुक्तकमैयाले नयाँ लालपुर्जाका लागि भूमिसुधार र मालपोत कार्यालयमा आग्रह गरेका छन् ।

उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरि नयाँ लालपुर्जा दिन आग्रह गरेका छन् । सो बस्तीका दाउराम चौधरीले ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्रअनुसारको ब्लुप्रिन्ट, फाइल नक्सा उपलब्ध गराउनुपर्ने, पुन।स्थापना प्रक्रियाका क्रममा १३ घरधुरी मुक्तकमैयालाई परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै आएको बताएका छन् । मालपोत कार्यालयका नायबसुब्बा लक्ष्मण जोशीले १३ घरधुरीलाई कागजमा लेखेको चुट्काका विषयमा भूमि आयोगले हेर्ने र ५२ घरधुरीलाई दिएको लालपुर्जाका विषयमा भने फेरि लालपुर्जा दिन सकिने जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी