टीकापुर । कैलालीकी मुना साउदलाई एक्कासि सुत्केरी व्यथाले च्याप्यो । सुत्केरी व्यथाले चापेपछि मुनाका श्रीमान्ले नजिकैको स्वास्थ्य चौकीमा ल्याए । स्वास्थ्य चौकीले मुनालाई स्वास्थ्यमा थप जटिलता हुनसक्ने भन्दै नेपालगञ्ज जान सल्लाह दियो । मुनाका श्रीमान्ले जसोेतसो एम्बुलेन्स खोजेर रकमको जोहो गरी कोहलपुर पुर्याए ।
कोहलपुर मेडिकल कलेजमा मुनाको सामान्य अवस्थामै बच्चा जन्मियो । रकमलगायत आवश्यक सामानको पूर्व तयारी नभएका कारण उनका श्रीमान्लाई कोहलपुरमा सुत्केरी र बच्चाका लागि आवश्यक लुगाकपडा, खानेकुराको जोहो गर्न समस्या भयो । ‘मैले श्रीमती सुत्केरी हुनुपूर्व तयारी गरेको थिएन, एक्कासि व्यथाले च्यापेपछि आर्थिक जोहो गर्नतिर लागेँ’, मुनाका श्रीमान् हेमन्त साउदले भने, ‘जसका कारण लुगाकपडा र अन्य सामान लगिएन, त्यसले समस्या भयो, खर्च पनि बढ्यो ।’
जोशीपुरका विन्दास चौधरीकी श्रीमतीलाई पनि व्यथाले च्याप्यो । पहिलो सन्तान पाउने तयारीमा रहेका उनीले श्रीमती अस्पताल लगे । अस्पतालले पेटमा बच्चा हुँदा रक्तअल्पता भएको र शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्ने भएकाले रगतको जोहो गर्न भन्यो । ‘अस्पतालमा एक्लै लिएर आए, रगतको जोहो गर्न रेडक्रस दौडिए, ओ पोजेटिभ रगत चाहिने भएपछि अलि कठिन भयो’, विन्दासले भने, ‘घरमा गर्भवती भएका परिवारले सुत्केरी हुँदा आवश्यक पर्ने रगत, आर्थिक जोहो, लुगाकपडा, खानेकुराको तयारी गरेर बस्नुपर्ने रहेछ भन्ने थाह पाएँ ।’
टीकापुरकी बन्दना जैसीले भने आफ्नो सुत्केरी हुने समय नजिकिनु पूर्व आवश्यक सबै तयारी पूरा गरेका थिए । त्यसले जैसीलाई सजिलो भयो । ‘मैले अस्पतालले दिएको समयभन्दा एक साता अगाडिदेखि सबै तयारी गरेकी थिएँ, मेरो र बच्चाका लागि आवश्यक लुगा, रकम, रगत चाहिनसक्छ भनी रेडक्रससँग समन्वय गरेका थियौँ’, जैसीले भने, ‘समयअगावै एम्बुलेन्सको फोन नं. टिपेर राखेको थिएँ, मलाई व्यथा लाग्ने बित्तिकै नन्दले एम्बुलेन्स बोलाउनुभयो, जसले सहज भयो ।’
कैलालीकी दुर्गा साउद गर्भवती भएको आठ महिना भयो । उनको सुत्केरी हुने दिन नजिकिँदैछ । सुत्केरी हुने दिन नजिकिँदै जाँदा उनका परिवारले आवश्यक रकम र लुगाकपडाको जोहो गरिसकेका छन् । ‘मैले आर्थिक जोहो गरिसके, मलाई र बच्चाका लागि चाहिने लुगाकपडासमेत किनिसकेकी छु’, दुर्गाले भनिन्, ‘श्रीमान् भारतमा हुनुहुन्थ्यो, उहाँ पनि घर फर्कनुभएको छ, सुत्केरी अवस्थामा रगत समेत चाहिनसक्छ भनी रगत समूह मिल्ने आफन्तलाई पनि तयारी अवस्थामा राखेका छौँ ।’
दुर्गाका श्रीमान् लवबहादुर पनि श्रीमतीको उचित स्याहारका लागि घर फर्किएको बताउँछन् । ‘म भारतमा थिए, श्रीमती गर्भवती भएपछि घर फर्किए, श्रीमतीको स्याहारका लागि म घर फर्किएकी हुँ’, लवबहादुरले भने, ‘यस्तो बेलामा आर्थिक जोहोसँगै श्रीमानको साथ महत्वपूर्ण हुन्छ, मैले अहिले पनि राम्रो स्याहार गरिरहेको छु ।’
अर्की नौ महिने गर्भवती बिमला सार्की पनि सचेत हुनुहुन्छ । बिमलाको सुत्केरी हुने समय नजिकिएको छ । बिमलाका श्रीमान् विदेशमा हुनुहुन्छ । परिवारका सदस्यले बिमलाको स्याहार र सुत्केरीका समयमा आवश्यक तयारी गरिसकेका छन् । ‘देउरानी सुत्केरी हुने समय नजिकिएको छ, देवर विदेशमा हुनुहुन्छ, हामीले उनको राम्रो स्याहार गरेका छौँ’, बिमलाकी जेठानी गीता सार्कीले भने, ‘उनलाई मानसिक तनाव नहोस् भनि खुसी राखेका छौँ, आवश्यक तयारी सबै गरेका छौँ, परिवारका सदस्यमा रगत समूह मिलेकालाई पनि तयारी अवस्थामा राखेका छौँ ।’ गर्भावस्था तथा सुत्केरीपछि विभिन्न समस्या आउन सक्छन् । लापरबाही गरेमा महिला र बच्चाको ज्यान जोखिममा पर्नसक्छ ।
टीकापुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दास गर्भावस्था विशेष समय भएकाले डाक्टरको परामर्शअनुसार तयारी गर्नुपर्ने बताउँछन् । ‘यो अवस्थामा गर्नुपर्ने परीक्षण, सुत्केरी समयबारे सचेत हुनुपर्छ’, डाक्टर दास भन्छन्, ‘आवश्यक सामान तयारीसँगै सुत्केरी समयमा आमा र बच्चालाई जुनसुकै बेला समस्या हुनसक्ने भएकाले सचेत रहने, नजिकको स्वास्थ्य संस्थामा जाने गर्नुपर्छ ।’ –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्