×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बानेश्वरमा जंगिए मेयर बालेन, अल्फाबिटाका कर्मचारीलाई झाँको झार्दै भने, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बानेश्वरमा जंगिए मेयर बालेन, अल्फाबिटाका कर्मचारीलाई झाँको झार्दै भने, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’

Artha Sarokar

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह अल्फाबिटाका साहुसँग झर्किएका छन्। भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको र सडक पेटीमा पार्कीङ गर्न दिएको अल्फाबिटाले यसअघिसम्म महानगरसँगको मिलेमतो यस्तो काम गर्दै आएको चर्चा हुने गरेको थियो । यस विषयमा जानकार रहेका बालेन्द्र शाह बिहिबार त्यहाँ पुगे र घरको नक्सा खोजे । केहि हुल मान्छेलाई पहिला नै तयार गरेको अल्फाबिटाको समूहले उल्टै ‘ठुला कुरा’ गर्न थाले र  मेयरसँग नक्सा मागे ।
त्यसपछि भनाभन सुरु भयो ।
तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’ मेयर बालेनले प्रश्न गरे ।
‘नगरपालिकामा के हुन्छ त ?’ अल्फाबिटाका प्रतिनिधिले प्रतिप्रश्न गरे।
बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाए । अल्फाबिटाका प्रतिनिधिले उल्टै ठुला कुरा गर्न नछोडेपछि बालेन जंगिए- ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’
अल्फाबिटाका प्रतिनिधिले आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यावसायीलाई सम्मान गर्न उनले आग्रह गरे । ‘हामी व्यवसायी हौँ, राज्यलाई कर तिरेका छौं, नथर्काउनुस्’ अल्फाबिटाका प्रतिनिधिको कुरामा प्रतिवाद गर्दै बालेनले पुन: आफुले नथर्काएको बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी