×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साँझ परेपछि चन्द्रागिरीको घुमघाम झनै रमाइलो, केवलकारमा छुट हुँदा पर्यटकहरु अझ उत्साहित (फोटो-फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

साँझ परेपछि चन्द्रागिरीको घुमघाम झनै रमाइलो, केवलकारमा छुट हुँदा पर्यटकहरु अझ उत्साहित (फोटो-फिचर)

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको ‘इभिनिङ अफर’मा कम्पनीले केबलकारमा बेलुकी ५ बजेपछि ५० प्रतिशत छुट दिने योजना ल्याएपछि चन्द्रागिरी हिल्सतिर बेलुकी घुम्न जानेहरुको संख्या पनि बढेको छ । सन्ध्याकालीन समयमा काठमाडौँको झिलीमिली देखिने, मौसम पनि चीसो र मनमोहक हुने र मन्दिर परिसरमा पनि थप आनन्द महसुस हुने भएपछि चन्द्रागिरीमा बेलुकी घुम्न जानेहरु बढेका हुन् ।

‘अस्ताउँदै गरेको रातो सुर्य, शान्त वातावरण र चम्किला बत्तिका प्रकाशले चन्द्रागिरीको सुन्दरतालाई अझ रमणीय बनाएको छ । साउन ४ गते बेलुकी आएको थिएँ, आज परिवारलाई नै ल्याएको छु ।’ चन्द्रागिरी हिल्समा भेटिएका सुजन पौडेलले अर्थ सरोकारसँग भने, ‘बेलुकी भीड पनि कम हुँदोरहेछ । मौसम पनि चीसो । सार्है रमाइलो अनुभूति भईरहेको छ ।’

‘एनिभर्सरी इभिनिङ अफर’ सुरु भएसँगै साँझको समयमा पनि चन्द्रागिरीमा दिनप्रतिदिन चहलपहल बढेको छ । कम्पनीले बेलुका ५ बजेपछि केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने भएपछि साँझमा पनि चन्द्रागिरीबाट सुन्दर उपत्यका नियाल्नेहरुको चहलपहल बढेको हो । असोज ९ गते (सेप्टेम्बर २५) सम्म सन्ध्याकालीन अफरमा नागरिकले ३९९ रुपैयाँमा दुईतर्फी टिकट पाउनेछन् । कम्पनीले यो अफर लागु गरेसँगै अहिले साँझको समयमा चन्द्रागिरीको सौन्दर्यतमा भुल्नेहरुको संख्या बढेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: