×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्वको मुखमा चीनको ‘अघोषित नाकाबन्दी’, समयमा व्यापार गर्न नपाएपछि विस्थापित हुने पिरमा व्यापारी…

GLOBAL IME BANK

चाडपर्वको मुखमा चीनको ‘अघोषित नाकाबन्दी’, समयमा व्यापार गर्न नपाएपछि विस्थापित हुने पिरमा व्यापारी…

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । चाडपर्वको मुखैमा चीनले अघोषित नाकाबन्दी गरेपछि व्यापारीहरु मर्कामा परेका छन् । चीनले रसुवागढी नाका बन्द गरेपछि नेपाल आयात हुने अर्बौ मुल्य बराबरका सामान केरुङमा रोकिएका छन् । कोरोना माहामारीको कारण देखाउँदै चीनले गत सातादेखी नाकाबन्दी गरेपछि अहिले नेपाल आयात हुने ठुलो परिमाणका सामान नाकामै रोकिएको हो ।

चाडपर्वको सिजनमा चीनले यसरी नाकाबन्दी गर्दा मर्कामा परेको व्यापारीहरुले गुनासो गरेका छन् । ‘यतिबेला भनेको चाडपर्वको सिजन हो । यत्रो वर्ष कोरोनाले व्यापार सुकायो, अब यसवर्ष माहामारीको संक्रमण पनि कम भएका बेलामा राम्रै व्यापार होला भन्ने सोचेको चीनले नाका बन्द गर्यो’, एक व्यापारीले अर्थ सरोकारसँग भने, ‘यसपाली ठुलो मात्रामा व्यापारिक सामाग्री चीनबाट नेपाल भित्रिदै थियो, तर नाका बन्द हुँदा अर्बौ मुल्य बराबरको सामान नाकामै रोकिएको छ । हामीसँग नाका कहिले खुल्छ भनेर कुर्नुको विकल्प छैन ।’

समयमा व्यापार नभए विस्थापित हुने पिर
अहिलेको सिजन नेपालीहरुका लागि चाडपर्वको सिजन हो । यो समयमा देशमै सबैभन्दा बढी सक्रिय हुने भनेको व्यापार क्षेत्र हो । यसो त पछिल्लो दुई वर्षदेखी नेपालीहरुले कारोना भाईरसको संक्रमणका कारण उत्साहका साथ चाडपर्व मनाउन पाएनन् । व्यापार, व्यवसाय चौपट भयो भने सयौँको संख्यामा व्यापारीहरु व्यवसायबाट विस्थापित भए । तर माहामारीको संक्रमण कम भएसँगै केही तंग्रिन लागेको व्यवसाय चीनको अघोषित नाकाबन्दीले फेरी संकटमा परेका छन् ।

दशैं, तिहार र जाडोका लागि आयात गरिएका ठुलो परिमाणका सामान केरुङमा रोकिएका छन् । सामान ल्याउँदा ल्याउँदै नाका बन्दभएपछि चीनमै सामान रोकिन बाध्य भएको छ । ‘महिनौ लगाएर सामान केरुङसम्म पुगेको छ । यता नाका बन्द छ, उता तिब्बतमा चीनले लकडाउन गरेको छ । हामीसँगै हाम्रो अर्बौको सामान बाटोमै अलपत्र पर्यो ।’ एक व्यापारीले भने –‘नखाउँ दिनभरीको सिकार, खाउँ कान्छा बाउका अनुहार भनेजस्तो भाछ । न सामान नेपाल भित्राउन सकिने अवस्था छ न फर्किन । त्यसैमाथी दशैं, तिहारलाई लक्षित गरेर ल्याएको सामान समयमा बजारमा पुर्याउन नसके डुबिने पक्का छ ।’ यसवर्ष अर्बौको सामानको आयात गर्न लागेकोले यसपाली समयमा व्यापार गर्न नसके व्यवसायबाटै उठिबास लाग्ने उनीहरुको भनाई छ ।

दशैं, तिहारलाई मध्यनजर गर्दै चीनको विभिन्न सहरबाट सामानको आयात बढेको भएपनि नाका खुल्ने निश्चित नहुँदा समस्यामा परेको व्यापारीहरुको भनाई छ । सय बढी सामान लोड गरिएका कन्टेनर केरुङमा होल्ड गरिएका छन् भने नाकाबन्दी खुल्ने भन्ने टुंगो छैन । केरुङमा रोकिएका सामान झण्डै ढाई अर्ब बढी मुल्यको रहेको व्यापारीले बताएका छन् । अहिले नेपालका मुख्य शहरहरुमा प्राय चीनियाँ समानको प्रयोग बढी हुने गर्छ । तर चीनको नाका नै बन्द हुँदा दोब्बर खर्चसँगै ऋणको चपेटामा परेको व्यापारीहरुको गुनासो छ । ‘यसरी खर्बौ लगानीको सामान बाटोमै होल्ड गरेर बस्दा अवस्था बिग्रदै गईसक्यो’, एक व्यापारीले भने, ‘चाडपर्वको मुखमा नाका बन्द हुँदा ठुलो मर्का व्यापारीलाई पर्छ । नाकाबन्दी किन गरियो ? थाहा छैन, तर कोरोनाकै कारण हो भने आवश्यक मापदण्ड पालना गरी सामाग्रीको सहज आयातका लागि सरकारले पहल गर्नुपर्छ ।’

चाडपर्वको मुखमा भएको नाकाबन्दीमा ‘कारोना भाइरस’ बाहना
यसो त चीनले यसभन्दा अगाडी पनि अघोषित रुपमा नाकाबन्दी गरिसकेको छ । कोरोना माहामारी विश्व संकटका रुपमा स्थापित भएको बेला गरिएको नाकाबन्दी दुवै देशको आपसी समझदारीमा आवश्यक सुरक्षाका मापदण्ड पालना गरी आयात–निर्यातमा सहज वातावरण सृजना गर्ने भनि सम्झौता समेत भएको थियो । तर सो सहमति कार्यान्वय हुन नपाउँदै चीनल पुनः नाकाबन्दी गरेको छ । जसका कारण व्यापार, व्यवसायमा संकट उत्पन्न भएको छ ।

‘चाडपर्वको मुखैमा नाकाबन्दी हुँदा बजारमा सामानको अभाव समेत हुन थालेको छ, जसका कारण महंगी बढ्ने निश्चित छ । यसको प्रत्यक्ष प्रभाव आम नागरिकमा नै पर्ने हो ।’ एक व्यपारीले भने –‘चीनल गरेको यो अघोषित नाकाबन्दीले नेपालीको जनजीवन प्रभावित बनाएको छ । चिनियाँ पक्षबाट आयात रोकेका विषयमा कुनै औपचारिक जानकारी पनि आएको छैन । दुईतर्फी व्यापार सञ्चालन गर्ने विषयमा भएको सहमति कार्यान्वयन नहुँदै फेरि नाका बन्द भएको छ । यो त सरासर अन्याय हो । नेपाल सरकारले ध्यान दिनुपर्छ ।’

चीनका तर्फबाट नाकाबन्दी गरिएको शुक्रबार १३ दिन पुगेको छ । चीनले अगष्ट २१ गतेसम्म केरुङ लगायत तिब्बतमा लकडाउन गरेको छ भने रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको पनि ३० महिना पुगिसकेको छ । रसुवागढी नाकाबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने विषयमा भएको सहमति कार्यान्वयन हुन नपाउँदै फेरी नाका बन्द भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: