×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहकारी विभागद्धारा गौतमश्री सहकारीका सञ्चालक र कर्मचारीको बैंक खाता रोक्का गर्न अनुरोध

काठमाडौं । सहकारी विभागले राष्ट्र बैंकलाई गौतमश्री सहकारीका सञ्चालक र कर्मचारीको बैंक खाता रोक्का गर्ने अनुरोध गरेको छ । काठमाडौं कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यी सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुको बैंक खाता रोक्का गर्ने विभागले अनुरोध गरेको हो ।

संस्थाका सदस्यहरुले संस्था विरुद्ध उजुरी दिएपछि सहकारी विभागले नेपाल राष्ट्र बैंकमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुलाई खाता रोक्का गर्ने अनुरोध गरी पत्र पठाएको छ । आइतबार १ हजार ७५ जनाले सहकारी विभागमा संस्था विरुद्ध उजुरी दिएएका छन् । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायका अनुसार उजुरी दिनेक्रम अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

सहकारी विभागले यस अघि साउन १३ गते नेपाल प्रहरीको अपराध अनुसन्धान विभागलाई पत्राचार गरी संस्थाका सञ्चालक र कर्मचारीलाई विभागमा उपस्थित गराईदिन अनुरोध गरिसकेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: