×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हजारौँ बचतकर्तालाई रुवाएर भागेका सहकारीका सञ्चालक काठमाडौँमा, लाजै पचाएर भने –‘ब्याज छोडिदिनूस्, सावाँ तिर्छु’

काठमाडौं । बचतकर्ताको अर्बौ रकम कुम्ल्याएर फरार रहेका गौतम बहुउद्धेशीय सहकारी संस्थाका सञ्चालक राम बहादुर गौतम सम्पर्कमा आएका छन् । बचतकर्ताको रुवाबासी चलेको झण्डै एकहप्तापछि गौतम सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएपछि सिधै सञ्चारमाध्यममा पुगेका गौतमले निक्षेपकर्ताहरुलाई ब्याज मिनाह गर्न अनुरोध गरेका छन् ।

गत सातादेखि नै सम्पर्कबिहिन रहेका गौतम बिहिबार एक टेलिभिजन कार्यक्रममा साह्रै टिठलाग्दो स्वभावमा देखिए । हेर्दा सामान्य अवस्थामा देखिएपनि सम्पर्कबिहिन हुनुमा उनको नियत नै गलत भएको धेरैको बुझाई छ । संचारकर्मीसँग कुराकानी गर्दै गौतमले व्यवसायीक कामको सिलसिलामा भारत गएको बताएका छन् । र सोही क्रममा उनले हातै जोडेर निक्षेपकर्ता समक्ष अनुरोध गरेका छन् –‘यो अवस्थामा तपाईहरु मलाई एक्कैचोटी पैसा लान्छु पनि नभन्नुहोस् । म सबैको पैसा बाँडफाँड गरेर ‘पेमेन्ट’ गर्छु । र हात जोडेरै बिन्ति गरेँ, मलाई ब्याज माफि गरिदिनुहोस् ।’ आफु फरार रहेको कुरा स्विकार्न तयार नरहेका गौतमले लाजै पचाएर अन्तिममा बचतकर्तासँग ब्याज छोडिदिन अनुरोध गरे ।

अर्बौ रकम हिनामिना गरेर गौतम भागेपछि बचतकर्ता कार्यालय घेराउ गर्न ललितपुरको कुलेश्वरस्थित सहकारीको केन्द्रय कार्यालयमै पुगेका थिए । एभरेष्ट बैंक लिमिटेडबाट ठुलो रकम ऋण लिएका गौतमले लामो समयदेखि बैंकको किस्ता तथा ब्याज समेत तिरेका थिएनन् । पटकपटक जानकारी गराउँदापनि किस्ता नतिरेपछि बैंक गौतमलाई कालोसुचिमा राख्ने निष्कर्शमा पुगेको थियो । सोही डरले गौतम सम्पर्कबिहिन भएका थिए । गौतम फरार भएपछि बैंकले गौतमश्री बहुउद्धेशीय सहकारी संस्था रहेको भवन सिलबन्दी गरेको थियो । त्यसपछि हजारौँ बचतकर्ताहरु न्याय माग्दै सहकारी विभागसम्म पनि पुगेका थिए ।

यता सहकारी विभागले पनि गौतमश्री बहुउद्धेशीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न सिफारिस गरेको छ । बिहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रत घोषणा गर्न विभागले सिफारिस गरेको हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: