×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन र बिओकेले काउन्टर ग्यारेन्टीबापतको डेढ अर्ब रुपैयाँ एकसाताभित्र फिर्ता पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयन र बिओकेले काउन्टर ग्यारेन्टीबापतको डेढ अर्ब रुपैयाँ एकसाताभित्र फिर्ता पाउने

Artha Sarokar

४ भाद्र २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमान्डूले एक साताभित्रमा मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा बस्दा फसेको डेढ अर्ब रुपैयाँ फिर्ता पाउने भएका छन् । चिनियाँ अदालतले चाइना रेलवे ब्युरो १६औँ मा भएको सम्पत्ति फिर्ता सम्बन्धी व्यवस्था हटाउने भएपछि दुवै बैंकको डेढ अर्ब रुपैयाँ फिर्ता आउने भएको हो ।

चीनमा १० वर्षदेखि चल्दै आएको मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्धा दुवै बैंकले जितेका थिए । चीनको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीबापतको रकम फिर्ता गर्न आदेश समेत दिइसकेको थियो । चिनियाँ रेल्वे ब्यूरो १६औंमा व्यवस्था अनुसार सम्पत्ति दिन नमिल्ने भएपनि अदालतले सो व्यवस्था हटाउने भएपछि दुवै वाणिज्य बैंकको रकम आगामी साताभित्र फिर्ता आउने भएको हो ।

१० वर्षदेखि सोही मुद्धाका कारण रोकिएको बैंक अफ काठमाडौंको ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउने छ । त्यस्तै हिमालयन बैंकले पनि ७० करोड रुपैयाँ फिर्ता पाउने भएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

दुवै बैंकको डेढ अर्ब रकम फिर्ता आएसंगै राष्ट्र बैंकले फिर्ता आएको पैसामा विदेशी मुद्राबाट भएको थप लाभ भने रिजर्भमा राख्न लगाउनेछ । बैंकहरुले त्यो बेला नेपाली रुपैयाँ भएको प्रोभिजन रकम सेयरधनीले लाभांश पाउनेछन् भने विदेशी डलर र युरोको मूल्य बढेका कारण बढी आउने रकम रिजर्भमा राख्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी