×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ जीवन बीमा कम्पनीले सार्वजनिक गरे बोनस रेट, सर्वाधिक बोनस नेशनल लाइफमा, अन्यमा कस्तो ? (विवरणसहित)

GLOBAL IME BANK

४ जीवन बीमा कम्पनीले सार्वजनिक गरे बोनस रेट, सर्वाधिक बोनस नेशनल लाइफमा, अन्यमा कस्तो ? (विवरणसहित)

४ भाद्र २०७९, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट–लाइफ), एशियन लाइफ, नेशनल लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात् यी कम्पनीहरूले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् ।

मेट लाइफको बोनसदर कति ?
मेट लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको बोनसदरका अनुसार कम्पनीका बीमितहरुले न्युनतम ४५ रुपैयाँदेखि ८० रुपैयाँसम्म पाउनेछन् । कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत् बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीको सावधिक जीवन बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि ८० रूपैयाँ बोनसदर पाउने कम्पनीले जनाएको छ । त्यस्तै १ देखि ५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रति हजार ६० रूपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रति हजार ७० रूपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४५ रूपैयाँ रअधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ६५ रूपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक बीमालेखमा १६ देखि २० वर्षे बीमा अवधिका लागि ७० रूपैयाँ र २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि ८० हजार रूपैयाँ बोनसदर कायम भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सको बोनसदर कति ?

यता ज्योति लाइफ इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमा योजनामा २५ र सोभन्दा माथिका बीमा अवधिका लागि ७५ रूपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २५ वा सो भन्दा माथि बीमा अवधिका लागि ७५ रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

९ वर्षे बीमा अवधिमा ४३ रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिमा ४५ रूपैयाँ र १५ देखि २४ वर्षे बीमा अवधिमा ५५ रूपैयाँ बोन दर कायम भएको छ । सावधिक तथा आजीवन बीमालेखअन्र्तगत ९ वर्षे बीमा अवधिका लागि ४३ रूपैयाँ र १० देखि १४ वर्षसम्म ४५ रूपैयाँ बोनसदर निर्धारण गरिएको छ अग्रिम भुक्तानी बीमा योजनामा बीमितिले १० देखि १४ वर्ष अवधिमा ४३ रूपैयाँ, १५ देखि १९ वर्षे अवधिमा ४५ रूपैयाँ र २० देखि २४ वर्षे बीमा अवधिमा ५० रूपैयाँ बोनसदर पाउने छन् । ‘ज्योति ईजी पे जीवन बीमा योजना’ अन्र्तगत कम्पनीले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा १० देखि १४ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले २० रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि २५ रूपैयाँ र २० देखि २४ वर्षसम्म ३० रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।

एशियन लाइफको बोनसदर कति ?

एशियन लाइफको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ, सावधिक जीवन बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि ६० रूपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रूपैयाँ देखि ७० रूपैयाँ बोनस पाउने भएका छन् । कम्पनीको नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धन लाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्यूनतम ४० रूपैयाँदेखि ६० रूपैयाँसम्म बोनसदर पाउने भएका छन् ।

नेशनल लाइफको बोनसदर कति ?

नेशनल लाइफ इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँ देखि ६४ रुपैयाँ सम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ । उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: