×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट, ३० हजार ९२९ जनाले बजाए ताली, बाँकीको हात खाली !

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा आज बुधबार बिहान १० बजे लघुवित्तको सेयर बाँडफाँट भएको हो ।

लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो । लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

यसमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । यो आइपीओमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली भएको छ । यसमा कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको  थियो  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: