×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रृजनशील लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

श्रृजनशील लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । लघुवित्तले भदौ १५ गते बुधबार (आज)बाट ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

जसमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।

उक्त आइपीओमा सनराइज क्यापिटल बिक्रीले प्रबन्धकको काम गरिरहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२२ मे २५ मा यो रेटिङ दिएको हो । यो रेटिङसन् २०२३ मे २५ सम्म बाहल रहनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: