×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाको आकर्षक प्रगति, खुद नाफा ६१.४३ प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर नेटवर्थ कति ?

PRIME CA

महिला लघुवित्त वित्तीय संस्थाको आकर्षक प्रगति, खुद नाफा ६१.४३ प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर नेटवर्थ कति ?

अर्थ सरोकार

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासमा १५ करोड ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ६१.४३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले १५ करोड १४ लाख रुपैयाँ राइट ब्याक गरेको छ । यस्तै महिलाको रिजर्भ कोषमा पनि सुधार भएको छ । रिजर्भ कोषमा २९ करोड ८३ लाख रुपैयाँ रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड र खराब कर्जा दुवै बढेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ पनि ३०२ रुपैयाँ २६ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: