×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीमाथिको विश्वासमा खडेरी लागेका बेला पाँच सहकारीबीच मर्जर, बन्यो- ‘नेशनल आइडल यमुना’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

सहकारीमाथिको विश्वासमा खडेरी लागेका बेला पाँच सहकारीबीच मर्जर, बन्यो- ‘नेशनल आइडल यमुना’

काठमाडौं । पछिल्लो केहि घटनाक्रमले सहकारी संस्थाप्रति जनताको विश्वास घटाईरहेका बेला काठमाडौंमा पाँच सहकारी एकआपसमा मर्ज भएका छन् । आइडल युमना बहुउद्धेश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच एकिकरण सम्झौता भई ‘नेशनल आइडल यमुना’ बनेको हो ।

शनिबार सम्पन्न एक कार्यक्रमकाबीच सम्झौता गरी संस्थाको नाम प्रस्ताव गरिएको हो । सम्झौतापछि संस्थाको अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुखमा कुयाङ लामा रहने भएका छन् । एकीकरणमा जाने संस्थाहरुले १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारण सभा गर्नेछ । एकिकरणपछि संस्था थप सशक्त र बलियो हुने विश्वास गरिएको छ । त्यस्तै पछिल्लो समय देशका केही सहकारीमा देखिएको समस्याका कारण हतोत्साहित नहुन र हल्लाको पछि नलाग्न सहकारीका सदस्यहरुले आग्रह गरेका छन् ।

एकीकरणपछि संस्थाको सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ हुनेछ । सदस्य संख्या ३० हजार २० जना, ऋणी सदस्य ६ हजार ८ सय ५८ जना हुनेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख, अन्य कोषहरु २ करोड २७ लाख, कुल बचत ५ अर्ब ६३ करोड, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड, वित्तीय लगानी ४ करोड २७ लाख, तरलता रकम १ अर्ब ३८ करोड रहने नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार लामाले जानकारी दिए । लामाका अनुसार संस्थाको कुल सम्पत्ती ७ अर्ब ५८ करोड र तरलता प्रतिशत २४.५७ प्रतिशत रहनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: