×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी डुब्यो अर्को सहकारी, अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्रियो, निक्षेपकर्ताको रकम जोखिममा…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फेरी डुब्यो अर्को सहकारी, अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्रियो, निक्षेपकर्ताको रकम जोखिममा…

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका २ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकृष्ण अधिकारीलाई बचतकर्ताको रकम दिन नमानेको भन्दे प्रहरीले पक्राउ गरेको हो ।

सहकारीका बचतकर्ताले आफ्नो रकम माग गर्दा पैसा दिन अध्यक्ष अधिकारीले अटेर गरेका थिए । यसअघि उनले साउन २० गतेको चेक दिएको भएपनि खातामा मौज्दात रकम नभएका कारण सहकारीका अध्यक्ष र कोषाध्यषका विरुद्ध साउन २४ गते प्रहरीमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा सहकारीका अध्यक्षसहित कोषाध्यक्षलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकपावनपुरका प्रमुख तथा प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिएका छन् ।

‘हामीकहाँ दुवैको नाममा बचतकर्ताले पासबुकसहित उजुरी दिएका थिए । बचतकर्ताहरुले जम्मा गरेको रकम सहकारीले दिन नमानेको र पैसा नै नभएको खाताको चेक दिएर झुक्याएको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा हामीले सहकारीका अध्यक्ष ४० वर्षिय रामकृष्ण अधिकारी र कोषाध्यक्ष ३२ वर्षिय राजीव तामाङलाई पक्राउ गरेका हौँ’ प्रहरी उपरिक्षक गौतमले भने– ‘पक्राउ गरी उजुरीका आधारमा थप अनुसन्धान भईरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बचतकर्ताको ठुलो रकम सहकारीमा फसेको देखिन्छ यद्यपी घटनाको थप विवरण भने अनुसन्धानपछि नै थाहा हुन्छ ।’

सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक÷देविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बानियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो । तर खातामा मौज्दात रकम नभएपछि चेक साटिएको थिएन । चेक नसाटिएपछि रकम हिनामिना भएको भन्दै सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।

अहिले सो सहकारीमा बचत गर्दै आउका दर्जनौ बचतकर्ताको लाखौँ रुपैयाँ सहकारीमा फसेको छ । दिनरात गरेर कमाएर जम्मा गरेको रकम सहकारीले हिनामिना गरेपछि अहिले स्थानीय मर्कामा परेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: