×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सदस्यलाई बचत फिर्ता गर्न नसकेपछि देउराली बहुउद्देश्यीय सहकारी संस्था कालो सूचीमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

सदस्यलाई बचत फिर्ता गर्न नसकेपछि देउराली बहुउद्देश्यीय सहकारी संस्था कालो सूचीमा !

काठमाडौं । कर्जा सूचना केन्द्रले देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई कालो सूचिमा राखेको छ । सदस्यलाई बचत फिर्ता गर्न नसकेपछि सूचना केन्द्रले ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई कालो सूचिमा राखेको हो ।

विगत लामो समयदेखि संस्थाले बचत फिर्ता गर्न नसकेको उक्त सहकारीका सदस्यहरुले बताएका छन् । सदस्यहरुबाट उठाएको अघिकांश बचत सञ्चालनले आफै चलाएको सदस्यहरुको आरोप थियो । संस्थाले आर्कषक ब्याजदर दिएर निक्षेप तथा बचत संकलन गर्दै आएको थियो । सहकारी विभागले कर्जामा तोकेको अधिकतम् व्याजदरभन्दा बढी संस्थाले बचतमा दिएको थियो । संस्थाको कुल वासलात करिब ३ अर्ब रुपैयाँ रहेको छ ।

कर्जा सूचना केन्द्रको अनुसार संस्थाले सदस्यलाई बचत फिर्ता गर्न नसकेपछि २०७९ साउन २९ गतेदेखि संस्था कालो सूचिमा परेको  हो ।  सहकारी संस्था संग सम्बन्धीत व्यक्तीहरु अध्यक्ष रविन्द्र चौलागाईं र पुजा खत्री पनि कालो सूचीमा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: