स्याङ्जा । वालिङ स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखाले बिहीबार पुतलीबजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले यस्तो बताएका हुन् । ग्रामिण क्षेत्रमा रहेका जनताको उत्पादन बढाउने, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिदै उनले सहकारीको पुंजी र प्रविधिलाई जनताको आय आर्जनमा लगाउन उनले सुझाव दिएका छन् । कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले दुर्गम क्षेत्रमा बस्ने जनताको वित्तीय पहुँचको क्षेत्र सहकारी भएकाले सहकारीको सञ्चालन प्रक्रियालाई थप व्यवस्थित गराउदै सेवा सुविधालाई प्रविधिमैत्री र सदस्य केन्द्रीत बनाउनु पर्नेमा जोड दिएका छन्।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी, जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, जिल्ला कफि सहकारी संघका अध्यक्ष फनिनारायण अर्याल, जिल्ला सहकारी संघ स्याङ्जाका कोषाध्यक्ष शिव वाग्ले, जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष अनन्त कुमार श्रेष्ठ, पुतलीबजार नगरपालिका सहकारी शाखाका प्रमुख विष्णुप्रसाद भुषाल, आधिखोला गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णप्रसाद पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको बिगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरेका थिए । बैंकका अध्यक्ष के.बी उप्रेतीको अध्यक्षता राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेशका संयोजक विजया धितालको सञ्चालन र पुतली बजार शाखाका प्रमुख पुष्पा क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्