काठमाडौं । सहकारीका सञ्चालकलाई सुरक्षा प्रदान गर्द भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । सहकारीका सदस्यबाटै संचालक सुरक्षित नरहेको दाबी गर्दै सुरक्षाका लागि गृहमन्त्रालयमा पत्राचार गरिएको हो ।
पछिल्लो समय सहकारी संस्थाप्रति जनताको बढ्दो आक्रोशकाबीच सहकारी संस्थाका संचालक सुरक्षित नरहेको निश्कर्ष निकाल्दै १२ गते (आइतबार) गृह मन्त्रालयमा पत्राचार गरिएको हो ।
‘केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा संचालकलाई अभद्र व्यवहार तथा कुटपिटसमेत गर्ने गरेको भनी सहकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन लेखी आएकोले सम्बन्धित सहकारी संस्थाले माग गरेको बखत तद अनुरुप आवश्यक सुरक्षा व्यवस्था मिलाइदिनहुन आदेशानुसार अनुरोध छ ।’ -भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयललाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
यसो त केहि समययता सहकारीका संचालक भाग्ने लहर चलेको छ । ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट निक्षेप संकलन गर्ने र बचतकर्ताको रकम अन्य विभिन्न कारोबारमा लगाउने र फसेपछि भाग्ने ट्रेण्ड पछिल्ला केही घटनाक्रमले पुष्टी गर्छ । यसैबीच सहकारी भाग्न थालेका खबर दिनहुँजसो आउन थालेपछि आत्तिएर राम्रै भनिएका सहकारीबाट पनि बचतकर्ताहरु धमाधम पैसा निकाल्न थालेका छन् । यसैबीच केही सहकारीहरुले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताहरु सहकारीहरू सहकारीमै धर्ना दिँदै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्