×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रमोटरले सेयर बेचेर पैसा लगे, र त्यसपछि सार्वजनिक भयो नाफा घटेको रिपोर्ट…(अन्य विवरणसहित)

काठमाडौं । प्रमोटरले सेयर बेचेर लगेपछि शिवम् सिमेन्टको नाफामा गिरावट आएको छ । केही दिनअघि कम्पनीका प्रमोटरले धमाधम सेयर बिक्री गरेको समाचार संचारमाध्यमहरुमा सार्वजनिक भएको थियो । त्यसलगत्तै कम्पनीले गतवर्षको वित्तीय विवतरण सार्वजनिक गरेको छ, जसमा कम्पनीको नाफा घटेको आंकडा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षको अन्त्यससम्मको वित्तीय विवरण सर्वजनिक गर्दै शिवम् सिमेन्टले खुद नाफामा ५१.२० प्रतिशतले गिरावट आएको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको शिवम् सिमेन्टको खुद नाफा गत वर्षभने ६८ करोड ९३ लाखमा सिमित भएको छ । समिक्षा अवधिमा कम्पनीको संचालन आम्दानीमा ३.६९ प्रतिशतले गिरावट आएको छ । अर्थात गतवर्ष कम्पनीको संचालन आम्दानी ९ अर्ब २६ करोडमा झरेको छ ।

त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) वार्षिक १५ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ । हाल शिवम् सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: