×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘रुस–युक्रेन वार’ : रुसी आक्रमणबाट छेदविच्छेद बन्यो युक्रेनको दैनिकी, क्षणभरमै फेरियो ‘खार्किभ’को स्वरुप (फोटो-कथा)

काठमाडौं । अन्तराष्ट्रिय चर्चामा रहेको रुस–युक्रेनको युद्धको अवस्था झनै बिग्रदो छ । लामो समयदेखि चलेको यी दुई देशबीचको युद्धले कुन समयमा, कुन मोड लिने हो ? थाहा छैन । न युक्रेन सहमतिको बाटो रोज्छ, न त रुस युद्धबिरामको संकेत गर्छ । त्रास र भयकै बीच यहाँका नागरिकहरु दैनिकी गुजार्न बाध्य छन् ।

यसैबीच रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा बम र गोलावारी तिव्र पारेको छ । जसबाट खार्किभले ठुलो क्षतिको सामना गर्नुपरेको छ । रुसी आक्रमणबाट छेदविच्छेद बनेको खार्किभको अवस्थाले युक्रेनी नागरिकमा त्राहिमाम मच्चाएको छ । युद्धकै कारण घर महल जलेर ध्वस्त भएका छन् । सयौँले ज्यान गुमाएका छन् भने हजारौँ विचलित भएका छन् ।

यीनै दुई देशबीचको युद्धले विश्व अर्थतन्त्रलाई बर्बादीको बाटोतर्फ उन्मुख गराएको छ । यही ‘कालो–युद्ध’का केही तस्विरहरु हामीले एजेन्सीका माध्यमबाट संकलन गरेका छौँ । बाँकी फोटोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: