×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अछामका पहिरो पीडितलाई लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले गर्यो खाद्यान्न सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अछामका पहिरो पीडितलाई लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले गर्यो खाद्यान्न सहयोग

Artha Sarokar

३ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी लायन्स क्लब अफ धनगढी इन्नोभेटिभले अछामका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरेको छ । विपदको समयमा नागरिकको स्वास्थ्य सुरक्षारार्थ आवश्यक सहयोग संकलन गरी पहिरो पीडितका लागि खाद्यान्न पठाएको क्लबका वरिष्ठ उपाध्यक्ष अर्जुन रावलले बताएका छन् ।

‘मानव भईसकेपछि मानवताको भावना सबैमा हुनुपर्छ । आज अछाममा परेको विपत्ती भोली हामीलाई पर्दैन भन्न सकिँदैन । अहिले अछामका पहिरो पीडितलाई सहयोगको खाँचो छ ।’ रावलले भने –‘यस्तो परिस्थितिमा हामीले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहयोग गर्नुपर्छ । यो मानवता मात्र होईन, सामाजिक दायीत्व पनि हो । अहिले हामीले केही आवश्यक खाद्यान्न सामाग्रि पठाएका छौँ । आवश्यक परे थप सहयोगका लागि पहल गर्नेछौँ ।’

क्लबले आइतबार ३० हजार मूल्य बराबरको चामल, सोयावरी, चिउरा, दाल र भुजा पहिरो पीडितका लागि भन्दै उद्योग वाणिज्य संघ कैलालीलाई हस्तान्तरण गरेको हो । सामान ग्रहण गर्दै उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले अछामका पहिरो पीडितका लागि यो सहयोग ठूलो राहत हुने बताए ।

‘यो विपत्तीमा उहाँहरुले गरेको सहयोगका लागि धन्यवाद । यो सहयोग हामी पहिरो पीडितसम्म पुर्याउनेछौँ’, उनले भने, ‘यो सँगै हामी थप सहयोग जुटाउने प्रयासमा लागिरहेका छौँ । यो विपत्तीमा सबैले आफ्नो दायीत्वबोध गर्नुपर्छ र सरकारले पनि यी पहिरो पीडितको दर्दनाक अवस्थालाई गम्भिरतापुर्वक सम्बोधन गर्नुपर्छ ।

शुक्रबार राती अविरल वर्षापछि गएको पहिरोले अछामको तुर्माखाँद, ढकारी, ढुंगाचाल्ना, कमलबजार, डुंगालामा र हात्तीबाँझको स्वरुप फेरेको छ । पहिरोमा परी २३ जनाले ज्यान गुमाएका छन् भने धेरै परिवार घरबारविहीन भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी