Skip to content
LAXMI SUNRISE BANK

गौरा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । यसअघि गौरा पर्वको अवसरमा प्रदेश सरकार दिंदै आएको बिदा कटौति गरेको थियो ।

सुदूरपश्चिममा विशेष पर्वको रुपमा मनाइने ‘गौरा’मा सरकारले बिदा कटौति गरेर अपमान गरेको भन्दै समाजिक संजालमा चर्को विरोध हुन थालेपछि प्रदेश सरकारले निर्णय सच्याएको हो ।  प्रदेश सरकारले सुदूरपश्चिमेली पर्वका विषयमा अपरिपक्व निर्णय गरेको भन्दै विभिन्न संघ संस्थाहरुले विरोध गरेका थिए । चर्को विरोधपछि बिहिबार बसेको    प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘गौरा पर्व’को अवसरमा सुदूरपश्चिम प्रदेशका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको हो ।

यसैबीच कञ्चनपुरका नौवटै स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण गौरा पर्वको अवसरमा आज स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK