×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहकारीप्रतिको विश्वास नै भत्काएको गौतमश्रीका संचालक भन्छन् -‘फेरि सहकारी चलाउछौँ, कालोसूचीमा नराखिदिनू’

काठमाडौं । सहकारी ठगीको बात लागेका गौतमश्री सहकारीका संचालक रामबहादुर गौतम पुनः सहकारी संचालन गर्ने पत्रसहित मन्त्रालय पुगेका छन् । सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारी पुनः संचालनको मागसहित स्पष्टीकरण बुझाएको हो ।

बचतकर्ताको झण्डै साढे सात अर्ब रकम अपचलन गरी सहरकारीका अध्यक्ष गौतम सम्पर्कबिहिन भएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका थिए । अझ कर्जा नतिरेको भन्दै एभरेष्ट बैंकले सहकारीमा सिलबन्दी गरेपछि आत्तिएका हजारौँ बचतकर्ता सहकारी विभागसम्म पुगे । हप्तौँपछि सम्पर्कमा आएका गौतमले बचतकर्तालाई सावाँ तिर्ने तर ब्याज मिनाह गरिदिनका लागि अनुरोध गरेका थिए । यसैबीच साउन १८ गते गौतमश्री बहुउद्धेश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले सिफारिस गरेको थियो ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री सहकारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १ गते १५ दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्ने स्रोत र कार्ययोजना सहितको स्पष्टिकरण माग गरेको थियो । सोही अनुसार सहकारीका अध्यक्षसहितको सहरकारी व्यवस्थापनले मन्त्रालयलाई स्पष्टीकरण पेश गरेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिएका छन् ।

तर, सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको गौतमश्री बहुउद्धेश्यीय सहरकारी संस्थालाई पुनः संचालन गर्ने भन्दै सहकारीका अध्यक्षले मन्त्रालयमा स्पष्टिकरण पेश गरेका छन् । ‘मन्त्रालयमा पेश गरिएको स्पष्टिकरणमा बचकर्ताको रकम फिर्ता गरेर सहकारी चलाउने भन्दै जवाफ पेश गरिएको छ ।’ मन्त्रालयका प्रवक्ता जाशीले भने- ‘स्पष्टिकरणमा उल्लेख भएका दाबी, तथ्य र वास्तविकताको छानबिनका लागि तीन सदस्यीय समिति गठन भएको छ । सो समितिले समितिले पाँच दिनभित्र अध्ययन गरेर प्रतिवदन बुझाउँछ । सोही प्रतिवेदनको आधारमा समस्याग्रस्त घोषणा गर्ने वा के गर्ने ? भन्ने विषयमा निर्णय हुन्छ ।’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: