काठमाडौं । काठमाडौंस्थित आरक्ष बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको लाखौँ रकम कुम्लाएर फरार भएका छन् । सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने गत भदौ २ गतेदेखि फरार भएका हुन् ।
सहकारीको सितापाइला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट भदौ ९ गतेसम्म पनि सेवा दिँदै आएको थियो । तर, ९ गते अध्यक्ष र सीईओ भागेको खबर पाएसँगै बचतकर्ताको रकम फिर्ता गर्न नसक्नेभन्दै सञ्चालकले नोटिस सार्वजनिक गरेका थिए । ‘९ गतेसम्म हामीलाई अध्यक्ष र सीईओ भागेका थाहा नै थिएन । कतै काम विशेषले बाहिर जानुभयो होला भन्ने भयो ।’ सहकारीका एक सञ्चालकले अर्थ सरोकारसँग भने -‘पछि थाहा भयो उहाँहरु सहकारीको पैसा लिएर भाग्नु भएको रहेछ । पैसा नै लिएर भागेपछि बचत फिर्ता गर्न नसक्ने भन्दै हामीले सूचना टाँस गरेका हौँ ।’
सहकारीमा बचत गरेको रकम लिएर अध्यक्ष नै फरार भएको थाहा पाएपछि निक्षेपकर्ताहरु अहिले बचत फिर्ताको माग राख्दै सहकारी विभाग गुहार्न थालेका छन् । ‘हालसम्म ३ सय २५ बचतकर्ता सम्पर्कमा आएका छन्’, सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले भने, ‘अहिलेसम्म परेको उजुरीका आधारमा ५२ लाख रुपैयाँ हिनामिना भएको देखिन्छ । तर, उजुरी पर्नेको संख्या बढीरहेकोले कति रकम हिनामिना भएको भन्ने एकिन भने भएको छैन ।’ प्रमुख पोखरेलका अनुसार आरक्ष सहकारीका सचिव असिम पन्थी र बद्री पन्थी साथै कोषाध्यक्ष श्रीराम न्यौपानेलाई प्रहरीले नियन्त्रण लिएर अहिले थप छानबिन गरिरहेको छ ।
सहकारी भागेको खबर पाएसँगै काठमाडौंमा रहेको सहकारीको तीनवटै शाखाका बचतकर्तालाई उजुरीका लागि आह्वान गरिसकेको पोखरेलले बताएका छन् । उनका अनुसार फरार आचार्य र सीईओ न्यौपाने भने पतिपत्नी हुन् । दाङ घर भएका दुवैजना भदौ २ गतेदेखी नै फरार छन् । सहकारीका अध्यक्ष र सीईओ सम्पर्कमा नआएपछि केही बचतकर्ताहरु सहकारी विभागमै पुगेर धर्ना दिइरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्