×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

२८ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन भक्स्क्रोसँग साझेदारी गरेको छ । अरुको तुलनामा फरक भएर सेवा दिने योजनाका साथ आएको बैंकले गेटडेस्ट सफ्टवेयरबाट कलसेन्टर साझेदारी गरी गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

सन् २०१८ देखि सञ्चालनमा आएको भक्स्क्रो एक डिजिटल संचार प्लेटफर्म प्रदायक हो । गेटडेस्क (क्लाउडबेस्ड कल सेन्टर सफ्टवेयर) र रिङ्गेज (बल्क अटोमेटेड भोइस ब्रोडकास्टिङ सलुसन) भक्स्क्रोको मुख्य उत्पादनहरू हुन् । यसअघि भक्स्क्रोले सिएनआवाइइएफ नेपालको आयोजनामा गरेको कार्यक्रममा ‘कस्टमर एक्सिलेन्स अवार्ड २०२२’ को विजेता र अध्यन्त्र फाउन्डेसनको तर्फबाट ‘सिएनआवाइइएफ स्टार्ट अप फेस्ट २०२२’ बाट एक करोड रुपैयाँ फण्ड कलेक्सन समेत गरिसकेको छ ।

भक्स्क्रोले अहिलेसम्म ६५ भन्दा बढी कम्पनीलाई सेवा दिएको छ । भक्स्क्रोले प्रत्येक कलमा पारदर्शिता सिर्जना गर्न, नेपाली व्यवसायहरूलाई डिजिटल सञ्चार प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।भक्स्क्रोको सहायताबाट गेटडेस्क, ब्लाजेन, फ्रन्टडेस्क लगायतका सफ्टवेयर प्रयोग गरि ग्राहकले कस्टमर सर्भिस डिपार्टमेन्ट, सेल, टेलिमार्केटिङ डिपार्टमेन्ट, आइभिआर, भोइस ब्रोडकास्ट वा व्यवसायीक सञ्चारको सेवा लिन सक्नेछन् । यसले ग्राहकलाई प्रत्यक कलमा स्पष्ट जानकारी प्रदान गर्नेछ ।

६ सयभन्दा बढी ग्राहक सेवा प्रतिनिधि र विक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्स्क्रो, नेपालको पहिलो कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी भएको दावी गरेको छ । पठाओ, एमआई नेपाल, फुडमाण्डु, टिभिएस, फोनपे, बुद्ध एयर, उपासिटी काग्रो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबिमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

भक्स्क्रोले एनजीओ, आईएनजीओ, इकमर्स, राइड हाइलिङ, डेलिभरी एण्ड लजिस्टिक, हेल्थकेयर, फिन्टेक लगायत १० वटा विभिन्न इन्डस्ट्रिहरूमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको दावी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: