Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा तस्करीका ३ क्विन्टल बढी कुखुरा नष्ट गरियो, अवैध कुखुरा आयात गरे कार्वाही गर्ने चेतावनी

अर्थ सरोकार

  • कुलराज चौधरी

कैलाली । कैलालीमा अवैध रुपमा भित्र्याइएका ३ क्विन्टल बढी कुखुरा नष्ट गरिएको छ । जिल्लाको कैलारी गाउँपालिकाबाट बिहीबार सशस्त्र प्रहरी बेस क्याम्प खोनपुरको टोलीले अवैध रुपमा आयात गरिएका ३ क्विन्टल बढी बोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो ।

अवैध रुपमा कुखुरा आयात गरेको भन्ने सूचनाको आधारमा छापा मार्दा कैलारी गाउँपालिका ४ स्थित यम बहादुर सुनारको खोरबाट १ सय ४४ वटा कुखुरा बरामद गरेको सशस्त्र प्रहरी बेश क्याम्प खोनपुरका सशस्त्र प्रहरी निरिक्षक सुवाश खत्रीले जानकारी दिए । ‘हामीलाई कुखुरा तथा माछा पालन व्यवसाय संघका पदाधिकारीबाट अवैध कुखुरा आयातको बारेमा विशेष सूचना आएको हो । सोही अनुसार छापा मार्दा ३ क्विन्टल बढी बोइलर कुखुरा बरामद गरी नष्ट गरेका हौँ ।’ सशस्त्र प्रहरी निरिक्षक खत्रीले भने –‘अवैध चोरी–तस्करी नियन्त्रणमा हाम्रो निगरानी बढाएका छौँ ।’

यता कैलारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ठागुराम चौधरीले पनि अवैध तस्करीलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् । ‘स्थानीय तहले खुल्ला सिमानाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि स्थानीय प्रशासनसँग हातेमालो गरेको छ’ उनले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । त्यसैले कुनैपनि वस्तुको अवैध आयात नगर्न सबैमा आग्रह समेत गर्दछु ।’

बरामद गरिएको अवैध कुखुरा स्थानीय तहका जनप्रतिनिधि, सशस्त्र प्रहरी, कैलारी कुखुरा तथा माछा पालन व्यवसाय संघका अध्यक्ष किरण चौधरी र अन्य स्थानीयको रहोबरमा नष्ट गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK